क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा

क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन्।

ट्रुडोले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्।

‘क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइनेछ,’ उनले भनेका छन्, ‘हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले पहिले क्यानाडाली कामदारहरूलाई किन काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ।’

खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा तनावको स्थितिमा रहेको बेला ट्रुडोको यस्तो निर्णय आएको हो।

गत वर्ष क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए।

क्यानडामा भारत लगायत नेपालका पनि धेरै मानिसहरू बसोबास गर्छन्। क्यानडाका प्रधानमन्त्रीको यो कदमका कारण ती व्यक्तिले समस्याको सामना गर्नुपर्ने हुनसक्छ।

कात्तिक ७, २०८१ बिहीबार १३:३१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।