बंगलादेशविरुद्धको पहिलो टेस्ट दक्षिण अफ्रिकाले जित्यो

बंगलादेशविरुद्धको पहिलो टेस्ट दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं : बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो टेस्ट दक्षिण अफ्रिकाले जितेको छ।

बंगलादेशको मिरपुरमा सम्पन्न खेलको चौथो दिनको दोस्रो सेसनमा दक्षिण अफ्रिकाले सात विकेटले खेल जितेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङ्समा ४० ओभरमा १०६ रन बनाउँदा जवाफी ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाले ८८.४ ओभरमा ३०८ रनको योगफल बनाएको थियो।

जहाँ केल भेरिन्नेले ११४ रनको शतकीय पारी खेल्दा वियान मुल्डरले ५४ रनको अर्धशकीय पारी खेलेका थिए।

दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको बंगलादेशले यसपटक भने सम्हालिएर खेल्यो। मेहेदी हसन मिराजले ९७ रन बनाउँदा जाकर अलीले ५८ रनको पारी खेले।

बंगलादेशको टोलीले आज विहानसम्म ब्याटिङ गरेको थियो। जसमा, ८९.५ ओभर खेलेर ३०७ रनमा अलआउट भयो।

जवाफी ब्याटिङ गरेको न्यूजिल्यान्डले पाएको १०५ रनको लक्ष्य २२ ओभरमा सात विकेटकाे क्षतिमा पूरा गर्दै सात विकेटले जित्यो।

कात्तिक ७, २०८१ बिहीबार ११:३६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।