लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य घट्यो
काठमाडौं : लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ।
आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ।
यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ।
बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ।
कात्तिक ७, २०८१ बिहीबार ११:०४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।