लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य घट्यो

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य घट्यो

काठमाडौं : लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ।

आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ।

यसअघि बुधबार १ लाख ६६ हजार ७ सय  रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ।

बुधबार तोलामा २१ सय  ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ।

कात्तिक ७, २०८१ बिहीबार ११:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।