सरकारले राजनीतिक प्रतिशोध नै साँझेको बुधबार साँझबाट पुष्टि भयो : डा. स्वर्णिम वाग्ले

सरकारले राजनीतिक प्रतिशोध नै साँझेको बुधबार साँझबाट पुष्टि भयो : डा. स्वर्णिम वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको बयानमा आलटाल भइरहेको बताएका छन्।

पोखरामा पार्टीले गरेको पत्रकार सम्मेलनमा उपसभापति डा. वाग्लेले सरकारले राजनीतिक प्रतिशोध साँधेको बुधबार साँझ पुष्टि भएको बताएका हुन्।

हिरासतमा राखेको १२५ घण्टामा ४/५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाइ छ।

‘शुक्रबार दिउँसो पक्राउ गरियो। हिजो साँझ १०-११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ,’ उनले भने, ‘त्यो समयमा ४-५ घण्टा मात्रै बयान लिइएको छ। आलटाल गर्ने। के उहाँलाई दालभात खुवाउन ल्याएको हो?’

के सोध्ने भन्ने तयारी नै नभई हिरासतमा राखिएको प्रति उनले आक्रोश व्यक्त गरे।

‘यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ। यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन्।’

कात्तिक ७, २०८१ बिहीबार १०:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।