सहकारी पीडितलाई रास्वपा कार्यकर्ताले धम्की दिएको र कुटेका आरोप झुटो : मनिष झा

सहकारी पीडितलाई रास्वपा कार्यकर्ताले धम्की दिएको र कुटेका आरोप झुटो : मनिष झा
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले लगाएको रास्वपा कार्यकर्ताले सहकारी पीडितलाई धम्की दिएको र कुटेको आरोप झुटो भएको बताएका छन्।

बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता झाले आफूले संघर्ष समितिका नेतालाई प्रत्यक्ष भेटेर धम्की दिएको र कुटेको विषयमा आफैँले प्रहरीले उजुरी दिने बताएका हुन्।

‘विज्ञप्ति पढेपछि म आफैँले संघर्ष समितिका नेतामध्ये एक जनालाई भेटेर धम्की दिनेको फोन नम्बर र कुट्नेको नाम भन्नुस् वा तपाईंले निवेदन लेख्नुस् म हस्ताक्षर गरेर मुद्दा हाल्छु भनेँ,’ उनले भने, ‘मैले त्यसरी माग्दा समेत दिनुभएन भनेपछि यो फोस्रो र झुटा आरोप नभएर अरु के हो त?’

यस्तै उनले एमाले र नेपाली कांग्रेसले रास्वपाको प्रदर्शनमा घुसपैठ गर्नका लागि योजना बुनेको भन्दै त्यसको लागि सर्कुलर भएको म्यासेज समेत देखाए। त्यसका लागि आज विहान सात बजे बैठक बसेको उनको भनाइ छ।

कात्तिक ७, २०८१ बिहीबार १०:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।