न्युजिल्यान्डका अलराउन्डर जेम्सले जनकपुर बोल्टबाट खेल्ने

न्युजिल्यान्डका अलराउन्डर जेम्सले जनकपुर बोल्टबाट खेल्ने

काठमाडौं : जनकपुर बोल्टले न्युजिल्यान्डका अलराउन्डर जेम्स नीसमलाई टिममा भित्र्याएको छ।

बिहीबार विहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टिमले ३४ वर्षीय जेम्सलाई पहिलो नेपाल प्रिमियर लिग खेल्नका लागि टिममा अनुबन्ध गरेको जानकारी गराएको हो।

२०१२ देखि न्यूजिल्यान्डको राष्ट्रिय टिममा आबद्ध उनले हालसम्म १२ टेस्ट, ७६ ओडिआई र ७७ टी२०आई खेल खेलेका छन्। जसमा क्रमशः ७०९, १,२९६ र ९३६ रन बनाएका छन्।

बलिङतर्फ पनि उनले टेस्टमा १४, एकदिवसीयमा ७१ र टी२०आईमा ३९ विकेट लिएका छन्। विभिन्न देशका लिगको २८२ टी२० खेल खेलेका उनले २२३ विकेट हात पारेका छन्।

यसै वर्ष सम्पन्न टी२० विश्वकपमा पनि उनी टिममा थिए। उनले खेलेको अन्तिम टी२० विश्वकपमा युगान्डाविरुद्धको हो। २०२३ नोभेम्बरपछि एकदिवसीय खेल नखेलेका उनले अन्तिम टेस्ट २०१७ मा खेलेका थिए।

जेम्सको आगमनसँगै आशिफ शेख मार्की प्लेयर रहेको जनकपुरलाई अझ सशक्त बनाउन मद्दत पुग्ने टोलीको विश्वास छ।

कात्तिक ७, २०८१ बिहीबार १०:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।