प्रतिदिन १० लाख डलर पुरस्कार दिने एलोन मस्कको योजनालाई अमेरिकी न्याय विभागको पत्र

प्रतिदिन १० लाख डलर पुरस्कार दिने एलोन मस्कको योजनालाई अमेरिकी न्याय विभागको पत्र

एजेन्सी : अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ।

अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलोन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको छ।

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानून उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ।

पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्यूजले पुष्टि गरेको छ। एलोन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।

एलोन मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा उजुरीमा हस्ताक्षर गर्न अपील गरिएको छ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये एक जनालाई एक मिलियन अमेरिकी डलर दिइनेछ।

सरकारले पत्र पठाउनुअघि नै केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने बताइसकेका थिए।

अक्टोबर १९ मा, पहिलो चिठ्ठा चेक पेन्सिलभेनियाको कार्यक्रममा उपस्थित एक व्यक्तिलाई दिइएको थियो।

कात्तिक ७, २०८१ बिहीबार ०९:०२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।