साफ महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाविरुद्ध खेल्ने, साम्बाले खेल्ने

साफ महिला च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाविरुद्ध खेल्ने, साम्बाले खेल्ने

काठमाडौं : साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गत आज दुई खेल हुँदैछन्।

पहिलो खेल दिउँसो साढे १ बजे माल्दिभ्स र भुटानबीच त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुँदा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दैछन्।

आजको खेलमा स्ट्राइकर सावित्रा भण्डारीले पनि खेल्ने प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन्। यसअघि माल्दिभ्सविरुद्धको खेलमा नै उनले खेल्ने भनिए पनि फिजियोले नखेल्न सुझाव दिएपछि प्रशिक्षक पछि हटेका थिए।

सो दिन फ्रान्सको घरेलु लिग खेलेर उनी राति १ बजे नेपाल आइपुगेकी थिइन्।

अंकतालिका हेर्ने हो भने समूह ‘बी’मा नेपाल र भुटान सहज अवस्थामा हुँदा श्रीलंका र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिने अवस्था छ।

अंकतालिका अुनसार नेपाल चार अंकसहित शीर्ष स्थानमा रहँदा भुटान समान चार अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा श्रीलंका रहँदा चौथो तथा अन्तिम स्थानमा माल्दिभ्स छ।

बुधबारको खेलको नतिजाबाट बंगलादेश र भारत सेमिफाइनलमा स्थान बनाइसकेका छन्। पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

नेपालले आफूलाई तालिकाको शीर्ष स्थानमै राखेको खण्डमा नेपाल र भारतले फाइनलमा भिड्ने पक्का हुनेछ।

यद्यपि भुटानले माल्दिभ्सलाई १० भन्दा बढी गोल हानेको अवस्थामा भने नेपाल दोस्रो स्थानमा रहेर बंगलादेशसँग भिड्नुपर्ने अवस्था आउन सक्छ।

कात्तिक ७, २०८१ बिहीबार ०७:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।