ज्योति विकास बैंकका ग्राहकलाई ठमेल र पोखराको दुईवटा होटलमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई ठमेल र पोखराको दुईवटा होटलमा विशेष छुट

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

बैंकले काठमाडौंको ठमेलस्थित रामाडा इन्डोरमा १५ प्रतिशत र पोखराको लेकसाइडस्थित दहिला बुटिक होटेलमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्। 

हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

त्यस्तै, बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित टिस्टन रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको जनाएको छ।  

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्त्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको हितलाई प्राथमिकतामा राखेको छ। 

यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरू मार्फत  हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको बताइएको छ। 

ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

कात्तिक ६, २०८१ बुधबार २०:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।