मेटलाइफ नेपालले ग्राहकको सुरक्षालाई निरन्तरता राख्न विलम्ब शुल्कमा छुट दिने

मेटलाइफ नेपालले ग्राहकको सुरक्षालाई निरन्तरता राख्न विलम्ब शुल्कमा छुट दिने

काठमाडौं : मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने अवसर प्रदान गरिरहेको छ। 

ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत मेटलाइफले पाँच वर्षसम्मको व्यतीत जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १०० प्रतिशत छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतीत बीमालेखहरूको लागि ६० प्रतिशत छुट प्रदान गर्नेछ। 

यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुर्नस्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, 'यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं।'

कात्तिक ६, २०८१ बुधबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।