प्रधानमन्त्रीको पुत्ला जलाएर नदीमा बगाउँदा पनि हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपी तानिए

प्रधानमन्त्रीको पुत्ला जलाएर नदीमा बगाउँदा पनि हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपी तानिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला चितवन बजार घुमाएर नारायणी किनारमा जलाउँदासम्म प्रहरीले हस्तक्षेप नगरेको भन्दै चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एसपी काठमाडौं तानिएका छन्।

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ताले सरकार मरेको संकेतको रुपमा पुतलाको शव बनाएर बजार घुमाएर नारायणी नदीमा जलाएका थिए।

पुतला घुमाउँदा र जलाउँदा पनि प्रशासनले हस्तक्षेप नगरेको भन्दै बुधबार गृहले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता बोलायो। प्रधान कार्यालयले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश्वर रिमाललाई हटायो।

चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा गृहमन्त्रालयका प्रकाश पौडेल गए। चितवनमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्र गए।

चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्यूरोमा आएका छन्।

म्याद थप्न लैजाँदा सञ्चारकर्मीसँग रविलाई बोल्ने दिएकोमा कास्कीका प्रहरी प्रमुखसमेत तानिने जोखिममा छन्। 

कात्तिक ६, २०८१ बुधबार १९:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।