'अपहरणमा परें' भन्दै फोन गरेकी महिलाको ललितपुरबाट उद्धार

'अपहरणमा परें' भन्दै फोन गरेकी महिलाको ललितपुरबाट उद्धार

काठमाडौं : काठमाडौंको कोटेश्वरबाट 'अपहरणमा परें' भन्दै फोन गरेकी महिलाको उद्धार गरिएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्धार गरेको प्रहरीले जनाएको छ हो। त्यसअघि ती महिलाको फोन आएपछि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको थियो। 

प्रहरीका अनुसार उनलाई कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएको थियो। 

प्रारम्भिक अनुसन्धानका क्रममा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लिएको १६ लाख रूपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ। 

यसबारे एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कात्तिक ६, २०८१ बुधबार १९:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।