दाङमा अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

दाङमा अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा रोल्पाको रोल्पा नगरपालिका–५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँकेको कोहलपुर नगरपालिका–४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी छन्। 

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२–०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक ६, २०८१ बुधबार १८:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।