भ्रष्ट विरुद्ध कारबाही थाल्दा मोर्चाबन्दी सुरु भएको प्रधानमन्त्री ओलीको दाबी

भ्रष्ट विरुद्ध कारबाही थाल्दा मोर्चाबन्दी सुरु भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ : सरकारले भ्रष्टहरूलाई कारबाही सुरु गरे लगत्तै हल्ला मच्चाउने र अस्थिरता फैलाउन भ्रष्टहरूले मोर्चाबन्दी कसेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। सरकारले सय दिनमा गरेको उपलब्धि सार्वजनिक गर्दै उनले भने’ मतियार जोगाउन अस्थिरता फैलाउने तत्त्व सक्रिय भएका छन्। भ्रष्टहरूको मोर्चाबन्दी बढेको छ।’

उनले सरकारले सहकारी ठगीमा संलग्नहरूमाथि कारबाही गर्ने क्रम सुरु गरेको र केही पक्राउ समेत परेको भन्दै पक्राउकोक्रम जारी रहेको बताए।

हालसम्म सहकारी ठगीमा संलग्न ६ सय बढीमाथि कारबाही गरेको र ५ सय बढी जेलमा रहेको बताए। उनले सहकारी समस्या समाधान गर्न सरकारले सहकारी प्राधिकरण र ऋण असुली प्राधिकरण सम्बन्धी कानुन अगाडि बढाएको बताउँदै बचतकर्ताहरूको बचत रकम फिर्ताको वातावरण बनाउन सरकार सक्रिय रहेको दाबी गरेका थिए।

उनले सरकार भ्रष्टाचारको विरुद्धमा लाग्दा अस्थिरता फैलाउन सक्रिय समूहसँग सजग रहन नागरिकलाई आग्रह गरेका थिए।

कात्तिक ६, २०८१ बुधबार १५:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।