सय दिनमा गर्छु भनेको ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दाबी

सय दिनमा गर्छु भनेको ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको दाबी गरेका छन्। वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनको दाबी थियो।

प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्य सम्पादन  सम्झौता अनुसार सय दिनमा गर्छु भनेको ७०% काम भएको र प्राकृतिक विपद्का कारण ३० प्रतिशत काम गर्न नसकेको उनले दाबी गरे।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दै उनले पहिलो सय दिनमा कुन–कुन मन्त्रालयअन्तर्गत के-के काम थालेको र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेको उनले बताए।

बाढी पहिरोका कारण दशैँ मान्न घर जान नपाउने हो कि भनेर चिन्तित नागरिकलाई सहज रुपमा घर जान र दशैँ मानेर फर्कन सरकारले तत्काल सडकको मर्मत गरेर सम्भव बनाएको दाबी गरे।

 

 

कात्तिक ६, २०८१ बुधबार १५:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।