उपराष्ट्रपति यादवको हर्नियाको शल्यक्रिया

उपराष्ट्रपति यादवको हर्नियाको शल्यक्रिया

काठमाडौँ : हर्नियाको शल्यक्रियाका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलवार साँझ भर्ना अस्पताल भर्ना भएका हुन्।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको बुधवार शल्यक्रिया गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन्।

उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्दैछन्।    
–––   

कात्तिक ६, २०८१ बुधबार १५:२२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।