कीर्तिपुरमा मेडन शतक बनाएका लेभिटले एनपीएलमा काठमाडौं गोर्खाजबाट खेल्ने

कीर्तिपुरमा मेडन शतक बनाएका लेभिटले एनपीएलमा काठमाडौं गोर्खाजबाट खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि काठमाडौं गोर्खाजले नेदरल्यान्डका ब्याटर माइकल लेभिटलाई टोलीमा भित्र्याएको छ।

२१ वर्षीय आक्रमक ब्याटर लेभिटले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजबाट खेल्न लागेको जानकारी गराउँदै रोमन नेपालीमा लेखेका छन्।

काठमाडौं गोर्खाजले राखेको इस्टाग्राममा पोस्टमा उनले रोमनमा कमेन्ट कमेन्ट गर्दै भनेका छन्, ‘एनपीएलमा काठमाडौं गोर्खाजमा खेल्न पाउँदा धेरै खुसी छु। जस्तै नाम, त्यस्तै काम। #आयोगोर्खाली।’

लेभिटले गत वर्ष नेदरल्यान्ड्सको टोलीबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरूद्ध समेत खेलेका थिए।

गत वर्ष त्रिविमा नेपालविरूद्धको एकदिवसीय र टी-२० सिरिज उनको डेब्यू प्रतियोगिता थियो।

डच टोलीबाट १७ टी-२० खेलेका उनले चार अर्धशतक र एक शतक प्रहार गरिसकेका छन्।

आठ टोलीबीच हुने एनपिएल आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुनेछ।

कात्तिक ६, २०८१ बुधबार १४:२८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।