कुमारी बैंकको तिहार तथा छठमा २५ प्रतिशतसम्म क्यासब्याक दिने

कुमारी बैंकको तिहार तथा छठमा २५ प्रतिशतसम्म क्यासब्याक दिने

काठमाडौं : कुमारी बैंकले आउँदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्मको नौ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरेको हो।

भाइ टीका तथा किजा पूजाकोे दिनमा मोबाइल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ।

अन्य आठ दिन कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान आठ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युत्तीय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

कात्तिक ७, २०८१ बुधबार १४:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।