लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्स्लाई आईएसओ प्रमाणपत्र

लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्स्लाई आईएसओ प्रमाणपत्र

काठमाडौं : लेमिनार टायल्स्को उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएसओ मापदण्डहरूको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरूको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ।

लेमिनार उत्पादनमा आएको केही हप्तामै आईएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै पहिलो कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ।

लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि आईएसओ ९००१ः ०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१ः२०१८ गरी तीन वटा विधाहरूमा प्रमाणपत्र पाएको हो।

बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तराष्ट्रिय रूपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरूलाई अंगिकार गरी नेपाललाई विश्वव्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उदेश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको हो।

अन्तराष्ट्रिय मान्यता बोकेको क्ष्क्इ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ।

‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास  हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ प्रमाणीकरण्बारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले भने, ‘गुणस्तरीय बस्तुहरु उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छौँ।’

उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरूलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए।

बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ। करिब ५०० वटाभन्दा बढी डिजाइनहरूमा टायलहरू चारवटा आकार (१६ह१६ इञ्च, २ह२ फिट, २ह४ फिट र ८ इञ्चह४ फिट) मा उपलब्ध हुनेछन्।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताको भएको कम्पनीको दाबी छ।
 

कात्तिक ६, २०८१ बुधबार १२:३६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।