साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा आज समूह ‘ए’ अन्तर्गत भारत र बंगलादेशको खेल हुँदैछ।

खेल नेपाली समय अनुसार साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

समूह ‘ए’मा यसअघि भएका दुई खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलअन्तरले पराजित गर्दा बंगलादेश र पाकिस्तानले एक-एक गोलको बराबरी खेलेका थिए।

आजको खेलसँगै समूह ‘ए’बाट सेमिफाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ।

अंकतालिकामा भारत तीन अंकसहित शीर्ष स्थानमा हुँदा बंगलादेश र पाकिस्तानको समान एक–एक अंक छ।

तर, बंगलादेशको गोल अन्तर ० हुँदा पाकिस्तानको -३ छ।

कात्तिक ६, २०८१ बुधबार १२:११:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।