लुम्बिनी लायन्समा इंग्ल्यान्डका मोरिस अनुबन्ध

लुम्बिनी लायन्समा इंग्ल्यान्डका मोरिस अनुबन्ध

काठमाडौं : नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टिम लुम्बिनी लाइन्सले इंग्ल्यान्डका टम मोरिसलाई टोलीमा अनुबन्ध गरेको छ।

विकेट किपरसमेत रहेका बायाँहाते आक्रामक ब्याट्सम्यान मोरिसलाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्लेयरको रूपमा लुम्बिनीले अनुबन्ध गरेको हो।

राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की प्लेयर रहेको टोलीले अझै तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ।

नेपाल क्रिकेट संघको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करण आगमी मंसिर १५ गतेदेखि पुस पहिलो सातासम्म हुनेछ।

कात्तिक ६, २०८१ बुधबार १०:५३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।