प्रधानमन्त्री ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दै, त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दै, त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्।

३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि सत्ता गठबन्धनका दलहरूको बैठक बस्दैछ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

कात्तिक ६, २०८१ बुधबार ०९:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।