चीनबाट आउने सामानमा २५ प्रतिशत थप कर लगाउने क्यानडाको घोषणा

चीनबाट आउने सामानमा २५ प्रतिशत थप कर लगाउने क्यानडाको घोषणा

एजेन्सी : क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियमका सामानमा २५ प्रतिशत कर लगाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले व्यापारमा अनुचित व्यवहार अपनाएको आरोप लगाउँदै यस्तो निर्णय लिएका हुन्।

ट्रुडोले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सस्तो स्टिल र आल्मुनियमको साथ अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको उल्लेख गरेका छन्।

ट्रुडोले लेखेका छन्, ‘चीनको अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठूलो नोक्सान पुर्याएको छ। हामी यसविरुद्ध कदम चाल्दैछौँ।’

यसअघि अप्रिलको शुरूमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा ‘सस्तो चिनियाँ उत्पादनको प्रचुर मात्रामा’ चिन्ता व्यक्त गरेका थिए।

मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि उनीसँग यो मुद्दा उठाएका थिए।

कात्तिक ६, २०८१ बुधबार ०८:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।