इरानमाथि आक्रमण गर्ने इजरायलको योजनाको गोप्य रणनीति चुहियो, छानबिन गर्दै अमेरिका

इरानमाथि आक्रमण गर्ने इजरायलको योजनाको गोप्य रणनीति चुहियो, छानबिन गर्दै अमेरिका

वासिङ्टन : इरानले गरेको आक्रमणको बदलामा इजरायलले गरेको आक्रमणको तयारीबारेको  सैन्य रणनीति टेलिग्राममा सार्वजनिक भएपछि अमेरिकी खुफिया संस्थाले अनुसन्धान सुरु गरेको छ। इरानमाथि जवाफी आक्रमणको इजरायली योजना सार्वजनिक भएपछि एफबीआई र पेन्टागनले त्यसको अनुसन्धान सुरु गरेको हो।

‘एफबीआईले गोप्य कागजातहरूको कथित चुहावटको अनुसन्धानमा रक्षा मन्त्रालय र समुदायका साझेदारहरूसँग समन्वयमा काम गरिरहेको एफबीआईले मङ्गलवार जारी गरेको वक्तव्यमा उल्लेख छ।

प्रेस रिपोर्टहरूका अनुसार अमेरिकी राष्ट्रिय जिओस्पाटियल–इन्टेलिजेन्स एजेन्सी र अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको उपग्रहको तस्बिर विश्लेषण समावेश छ। इरानले इजरायलमाथि अक्टोबर १ मा मिसाइल आक्रमण गरेको थियो। जवाफमा इजरायलले इरानमाथि जवाफी आक्रमणको तयारी गरेकोमा गोप्य विवरण नै सार्वजनिक भयो।

ती कागजातहरू गत हप्ता मिडल इस्ट स्पेक्टेटर नामक एक खाताद्वारा टेलिग्राम एपमा सार्वजनिक भएको थियो। यो मानवीय  कमजोरीका कारण सार्वजनिक भएको हो या ह्याक भएको हो त्यसबारेमा अनुसन्धान भइरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले बताए।

कात्तिक ५, २०८१ मंगलबार २२:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।