बलिउडका निर्माता तथा निर्देशक अनुराग कश्यप नेपाली फिल्म ‘राजागञ्ज’को निर्माता, प्रदर्शन मिति चैत १

बलिउडका निर्माता तथा निर्देशक अनुराग कश्यप नेपाली फिल्म ‘राजागञ्ज’को निर्माता, प्रदर्शन मिति चैत १

काठमाडौँ : कार्यकारी निर्माताको रूपमा बलिउडका निर्माता तथा निर्देशक अनुराग कश्यप जोडिएको नेपाली फिल्म ‘राजागञ्ज’ नेपालमा चैत १ मा प्रदर्शन हुने भएको छ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा ‘पूजा, सर’ को नाममा प्रदर्शन भइरहेको फिल्म यही साता भारतको मुम्बई फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।

यो फिल्ममा दयाहाङ राई अभिनेताको रूपमा त छन् नै उनी यो फिल्मको निर्माता समेत हुन्। दीपक रौनियारको निर्देशनमा बनेको फिल्ममा रामबाबु गुरुङ समेत निर्माता छन्।

निर्देशक रौनियारको यस अगाडि फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ निर्माण गरेका थिए। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा राम्रो प्रतिक्रिया पाए पनि नेपालमा दुवै फिल्म व्यापारिक रूपमा सफल हुन सकेन। तर समीक्षात्मक रूपमा भने दुवै फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो।

कात्तिक ५, २०८१ मंगलबार २२:०७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।