बागमती प्रदेशमा स्वास्थ्य उपचार निःशुल्क गरिने मुख्यमन्त्रीको दाबी

बागमती प्रदेशमा स्वास्थ्य उपचार निःशुल्क गरिने मुख्यमन्त्रीको दाबी

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य उपचार सेवालाई निःशुल्क गर्ने गरी काम भइरहेको दाबी गरेका छन्।  

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे। 

उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखान अनि व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नसमेत आग्रह गरे।

त्यस्तै, स्वास्थ्यमन्त्री किरण थापामगरले सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए। 

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा जोड दिए।  

कात्तिक ५, २०८१ मंगलबार २१:५२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।