सुनकोशीमा बेलिब्रिज जोडिएसँगै यातायात चल्न थाले, सेनालाई मन्त्रीको सम्मान

सुनकोशीमा बेलिब्रिज जोडिएसँगै यातायात चल्न थाले, सेनालाई मन्त्रीको सम्मान

काठमाडौँ :  बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको पुलको ठाउँमा बेलिब्रिज जडान भएको छ। असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा बेलिब्रिज जडान भएको हो।

द्रुत गतिमा बेलिब्रिज जडान गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पुल जोड्न संलग्न सेनाका प्राविधिकहरूलाई सम्मान गरे।

मंगलबारबार बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुगेका उनले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए।

बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा मंगलबारदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ।

बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भार वहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

कात्तिक ५, २०८१ मंगलबार २०:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।