बाढी-पहिरोबाट ज्यान गुमाएकाका आफन्तहरूलाई सरकारले दियो पाँच करोड रूपैयाँ

बाढी-पहिरोबाट ज्यान गुमाएकाका आफन्तहरूलाई सरकारले दियो पाँच करोड रूपैयाँ

काठमाडौं : सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ। सरकारले प्रतिमृतक दुई लाख प्रदान गरेको हो। 

गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ। 

बाढी-पहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए। एक सय ७७ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन्। 

देश तथा विदेशबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ।  

कात्तिक ५, २०८१ मंगलबार १९:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।