दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको विमानमा विस्फोटक पदार्थको सूचना, सुरक्षा जाँच हुँदै

दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको विमानमा विस्फोटक पदार्थको सूचना, सुरक्षा जाँच हुँदै

काठमाडौँ :  दिल्लीबाट आएको भारतीय विमान भिस्तारामा विस्फोटक पदार्थ रहेको सूचनाको आधारमा सुरक्षा जाँच सुरु भएको छ।

दिल्लीबाट काठमाडौँका लागि उडेको विमान दिउँसो ४ :३० बजे काठमाडौँमा अवतरण भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्मिनल कार्यालयमा सो विमानमा विस्फोटक पदार्थ रहेको सूचना आएपछि एयरबस ए ३२० लाई विमानलाई पार्किङ्गवेबाट अलगै राखेर सुरक्षा जाँच सुरु गरिएको थियो।

बम राखिएको सूचना भिस्ताराको काठमाडौँस्थित कार्यालयमा कार्यरत कर्मचारीले पाएपछि उनले टर्मिनल कार्यालयलाई जानकारी दिएका थिए।

पछिल्लो समय भारतीय विमानहरूमा विस्फोटक पदार्थ रहेको दाबी गर्ने क्रम बढे पनि कुनै विमानमा विस्फोटक पदार्थ फेला भने परेको छैन। यसले भारतीय वायुसेवामा भने गम्भीर असर परेको छ।

कात्तिक ५, २०८१ मंगलबार १८:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।