संसदीय समितिमा बैठक बस्न कोरम पुर्याउनै सकस, चियानास्ता खुवाउनै गाह्रो भएको सभापतिको गुनासो

संसदीय समितिमा बैठक बस्न कोरम पुर्याउनै सकस, चियानास्ता खुवाउनै गाह्रो भएको सभापतिको गुनासो

काठमाडौं : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरूले बैठकमा कोरम पुर्याउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको बताएका छन्। 

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलपश्चात् उनले समिति सभापतिहरूले नियमित बैठक बस्न समस्या भएको कुरा उठाएको भन्दै त्यसमा दलहरूले सहजीकरण गर्ने बताए। 

उनले भने, ‘दशैंपछि तिहारको बीचमा पनि समितिमा विचाराधीन रहेका विधेयकहरुलाई कसरी छिटो भन्दा छिटो सदनमा पठाउने, काम सम्पन्न गर्ने भन्ने विषय नै मुख्य एजेण्डा हो। बैठक सकारात्मक भयो र दुईवटा कुरा उठेको छ। एउटा सभापतिहरूले कोरम पुर्याउनका लागि दलहरूले सहजीकरण गर्दिएहुन्थ्यो भन्ने आग्रह गरेका छन्।’

उद्योग समितिका सभापति अब्दुल खानले पनि बैठकमा सबै सभापतिहरूले साझा रुपमा कोरम नपुगेको विषयलाई उठाएको बताए। 

उनले भने, ‘आजको बैठकमा सबै सभापतिहरूको साझा कुरा के थियो भने कोरम पुगेको छैन। सदनको बैठक बन्द भएपछि मान्यहरू आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ त्यसकारण बैठक बस्न गाह्रो हुन्छ। अर्को कुरा बैठक बस्दा पनि चिया, नास्ता समेत खुवाउन समितिलाई गाह्रो हुन्छ।’  

कात्तिक ५, २०८१ मंगलबार १७:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।