२०२६ को कमनवेल्थ खेलकुदबाट हटाइयाे क्रिकेटसहित १३ खेल

२०२६ को कमनवेल्थ खेलकुदबाट हटाइयाे क्रिकेटसहित १३ खेल
सन् २०२२ मा भएको कमनवेल्थ गेम्समा क्रिकेटतर्फ स्वर्ण पदक जितेपछि अष्ट्रेलियाको महिला क्रिकेट टोली

एजेन्सी : सन् २०२६ मा बेलायतको ग्लासगोमा हुने कमनवेल्थ खेलकुदबाट क्रिकेटसहितका १३ खेल हटाइएको छ।

बीबीसीका अनुसार ग्लासगोबाट आगामी वर्ष क्रिकेटसहित हक्की, स्क्वास, रग्बी-७एस, बिच भलिबल, डाइभिङ, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती, ट्रायथलन, म्याराथन, रोड साइकल र बीएमएक्स (साइकल दौड) नहुने भएका हुन्।

योसँगै आगामी वर्षको ग्लासगोमा जम्मा १० खेलका लागि मात्र खेलाडीहरूबीच प्रतिस्पर्धा हुने भएको बीबीसीले जनाएको छ।

जसमा एथलेटिक्स र प्यारा एथलेटिक्स, स्विमिङ र प्यारा स्विमिङ, आर्टिस्टिक जिम्न्यास्टिक, ट्र्याक साइक्लिङ र प्यारा ट्र्याक साइक्लिङ, नेटबल समावेश छन्।

यसबाहेक बक्सिङ, जुडो बल र पारा बल, भारोत्तोलन र प्यारा पावरलिफ्टिङ ३x३, बास्केटबल र ३x३ ह्वीलचेयर बास्केटबलका प्रतियोगिता पनि हुनेछन्।

यसअघि सन् २०२२ मा बेलायतको बर्मिङ्घममा २८ जुलाईदेखि ८ अगस्टसम्म भएको कमनवेल्थ खेलकुदमा ७२ देशले भाग लिएका थिए।

त्यो वर्ष, चार हजार पाँच सयभन्दा बढी खेलाडीले १९ खेलमा २८३ पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

जसमा अष्ट्रेलियाले सर्वाधिक १७८ पदक जित्दा ५७ स्वर्ण पदक हात पारेको थियो। त्यो वर्ष इंग्ल्याण्ड दोस्रो, क्यानडा तेस्रो र भारत चौथो स्थानमा थियो।

कात्तिक ५, २०८१ मंगलबार १४:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।