सुनको मूल्यमा आज फेरि कीर्तिमान, कति पुग्यो?

सुनको मूल्यमा आज फेरि कीर्तिमान, कति पुग्यो?

काठमाडौं : सुनको मूल्यमा आज फेरि ऐतिहासिक रेकर्ड कायम भएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तीन सय रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

कात्तिक ५, २०८१ मंगलबार ११:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।