युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं : युनिलिभर नेपालले विनाशकारी बाढी र पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसका अलावा कम्पनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित रहेको कम्पनीले जनाएको छ।

कात्तिक ५, २०८१ मंगलबार ११:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।