बेरुतको सरकारी अस्पतालमा पनि इजरायली आक्रमण, एक बालकसहित चार जनाको मृत्यु

बेरुतको सरकारी अस्पतालमा पनि इजरायली आक्रमण, एक बालकसहित चार जनाको मृत्यु

एजेन्सी : दक्षिणी बेरुतमा सरकारी अस्पतालमा इजरायली हवाई आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पनि आक्रमणमा थप २४ जना घाइते भएको जनाएको छ। लेबनानका अनुसार यो हवाई हमला दक्षिणी बेरुतको मुख्य सरकारी अस्पतालमा भएको हो।

हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्किङमा भएको अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

यो हवाई हमला सोमबार साँझ दक्षिण बेरुतमा भएको १३ वटा हवाई आक्रमण मध्ये एक थियो।

यी आक्रमणका सम्बन्धमा इजरायली सेनाले उनीहरूले हिजबुल्लाहसँग सम्बन्धित स्थानहरूमा आक्रमण गरिरहेको बताएको छ।

यसअघि सोमबार एक इजरायली प्रवक्ताले बेरुतका विभिन्न संघसंस्थाहरूबाट टाढा रहन आग्रह गरेका थिए। यद्यपि त्यसमा रफिक हरिरी अस्पताल यसमा समावेश गरिएको थिएन।

कात्तिक ५, २०८१ मंगलबार ०९:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।