नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुँदै

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौं : नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। यही कार्तिक ९ देखि ११ सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो। प्राध्यापक, शोधकर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरूको सम्मेलनमा सहभागिता रहनेछ।

सम्मेलनको आयोजकका रुपमा नेपाल सामग्री विज्ञान समाज र सह-आयोजकका रुपमा सुदूरपश्चिम विश्वविद्यालय नेपाल एप्लाइड साइन्स र केमिकल इन्जिनियरिङ विभाग, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयलगायत छन्।

सम्मेलनमा नेपाल, दक्षिण कोरिया, चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मंगोलिया, फिलिपिन्सलगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने बताइएको छ।

कात्तिक ४, २०८१ सोमबार २१:४६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।