माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल, समूह चरणको शीर्ष स्थानमा उक्लियो नेपाल

माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल, समूह चरणको शीर्ष स्थानमा उक्लियो नेपाल

काठमाडौं : नेपालले साफ माहिला च्याम्पियनसिप-२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित निकालेको छ। साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन्। 

त्यस्तै, सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक/एक गोल गरे।

जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो। 

समान चार अङ्क नै बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ। 

अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। त्यही खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ। 

त्यो खेल यही कात्तिक ८ मा हुनेछ।  

कात्तिक ४, २०८१ सोमबार २०:५१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।