दश दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणा एआईजीमा बढुवा सिफारिस

दश दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डीआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन्। 

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो। 

राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन्। 

उनी यही कात्तिक १५ बाट अवकाश जाँदैछिन्। १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ।

५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जान लागेकी हुन्। 

कात्तिक ४, २०८१ सोमबार १६:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।