उग्र दुश्मनीबाट उग्र मित्रतामा बद्लियो पूजा र सुष्माको सम्बन्ध !

उग्र दुश्मनीबाट उग्र मित्रतामा बद्लियो पूजा र सुष्माको सम्बन्ध !

काठमाडौं : नेपाली फिल्म क्षेत्रका कलाकारहरू आफूलाई मन नपरेको मान्छेको खैरो खन्छन्। त्यति मात्र होइन, कहिलेकाहीँ त पानी बाराबारकै स्थिति पनि आउँछ। अन्तवार्तामा एकअर्काबीच छेडछाड मात्र गर्दैनन्, परिआए कुस्ती नै खेल्न खोज्छन्। एकताका यस्तै अवस्था थियो अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेत्री सुष्मा कार्कीको। 

उनीहरूबीचको झगडाले उग्ररूप लिएको थियो। एकअर्काबीचको अभिनय मात्र होइन, अनुहार हेर्दा पनि छि:छि:, दुरदुर गर्थे। उनीहरुको यो व्यवहारले के उनीहरू मिल्लान् त भन्ने थियो। 

अभिनेत्री तथा निर्मात्री रेखा थापाले केही कार्यक्रममासमेत यी दुईलाई मिलाउने कोसिस गरेको भिडियोहरू सामाजिक सञ्जालमा देखिए। तर, उनीहरू एकअर्काबीच मिल्न भने चाहेको देखिँदैन थियो। 

गत फागुन २५ मा प्रदर्शनमा आएको फिल्म ‘उपहार’मा अभिनेत्री रेखा थापाले दुवै अभिनेत्रीलाई राखेकी थिइन्। यही फिल्ममार्फत पूजा र सुष्माको दुश्मनी सकिएको थियो। 

किनभने यो फिल्मको बारेमा दुवैजनाले एकअर्काबीच भिडियो कलमा समीक्षा गर्थे। त्यही फिल्मले नै यी दुईलाई पानी बाराबारको स्थितिबाट अहिले उग्र मित्रताजस्तो सम्मको सम्बन्धमा ल्याई पुर्याएको छ।  

कात्तिक ४, २०८१ सोमबार १६:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।