बेरुतमा रातभर गरिएको इजरायली आक्रमणबारे बोले विदेशमन्त्री काट्ज

बेरुतमा रातभर गरिएको इजरायली आक्रमणबारे बोले विदेशमन्त्री काट्ज

काठमाडौं : इजरायलका विदेशमन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतमा राताभर ठूलो मात्रामा आक्रमण भएको बताएका छन्।

उनले यी आक्रमणहरूमा हिजबुल्लाहका आर्थिक लक्ष्यहरूलाई निशाना बनाइएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इजरायलका विदेशमन्त्रीले लेखेका छन्- ‘बेरुतमा १५ वटा भवनलाई निशाना बनाइएको थियो।’

त्यसअघि त्यहाँका मानिसहरूलाई यी स्थानहरू खाली गर्न समेत चेतावनी दिइएको थियो।

काट्जले अगाडि लेखेका छन्, ‘हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको रकेट आक्रमणको ठूलो मूल्य चुकाउनु परेको छ र तिर्नेछ। इरानले समर्थित यो समूहलाई नसकेसम्म हामी आक्रमण जारी राख्नेछौँ।’

कात्तिक ४, २०८१ सोमबार १४:१४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।