राष्ट्रपतिको उम्मेदवार हुन चाहने सबैको मानसिक क्षमता परीक्षण गर्नुपर्छ : ट्रम्प

राष्ट्रपतिको उम्मेदवार हुन चाहने सबैको मानसिक क्षमता परीक्षण गर्नुपर्छ : ट्रम्प

एजेन्सी : रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदका सबै उम्मेदवारहरूले मानसिक क्षमता परीक्षण गर्नुपर्ने बताएका छन्।

‘म आफैँले आफ्नो मानसिक स्वास्थ्यलाई स्वस्थ राख्नमा जोड दिएको छु,’ कमला ह्यारिसको भनाइको जवाफ दिँदै पेन्सिलभेनियामा ट्रम्पले भने, ‘मलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छैन।’

राष्ट्रपतिको चुनाव लड्न चाहने सबैको परीक्षण हुनुपर्ने बताउँदै उनले यो उमेरमा आधारित नभएको समेत स्पष्ट पारे।

ट्रम्पले थपे, ‘म ८० वर्षको नजिक छु। हामीसँग विश्व इतिहासमा केही महान नेताहरू छन् जो ८० वर्ष वा माथिको उमेरसम्म बाँचेका छन्।’

यसैबीच, रिपब्लिकन उम्मेदवार कमला ह्यारिसले आफ्ना विपक्षीहरूले फैलाइएका सबै गलत सूचनालाई रोक्न हरसम्भव प्रयास गर्ने बताइन्।

ह्यारिसले भोट गर्नुअघि केही व्यक्तिहरूले आफ्नो बारेमा गलत र भ्रामक जानकारी फैलाइरहेको भन्दै आफूले सबै समुदायका बीचमा समय बिताइरहेको बताइन्।

कात्तिक ४, २०८१ सोमबार १३:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।