साफ महिला च्याम्पियनसिप अन्तर्गत केहीबेरमा भुटान र श्रीलंका भिड्दै

साफ महिला च्याम्पियनसिप अन्तर्गत केहीबेरमा भुटान र श्रीलंका भिड्दै

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा सोमबारको पहिलो खेलमा भुटान र श्रीलंका भिड्दैछन्।

समूह ‘बी’ अन्तर्गत रहेका यी दुई टोलीबीचको खेल साढे १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

पहिलो खेलमा भुटानले नेपालसँग गोलरहित बराबरी खेल्दा श्रीलंकाले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

नेपालसँग ऐतिहासिक बराबरी खेलेको भुटान उच्च मनोबलका साथ पहिलो जितको खोजीमा रहँदा श्रीलंका भने दोस्रो जित निकालेर सेमिफाइनल यात्रालाई सहज बनाउने सोचमा हुनेछ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा नेपाल र माल्दिभ्स भिड्दैछन्। खेल साँझ साढे पाँच बजे हुनेछ।

कात्तिक ४, २०८१ सोमबार १३:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।