म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता

म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी : म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुब्दा ११ जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्।

आइतबार रातिसम्म १० वटा र सोमबार एउटा शव निकालिएको दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एक उद्धारकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ती उद्धारकर्ताका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए भने उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए।

डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ। स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्।

म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ।

कात्तिक ५, २०८१ सोमबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।