चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं : लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २-१ ले पराजित गरेको छ।

यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे।

एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दा लिभरपुललाई अग्रता दिलाएका थिए। ४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे।

तर, ५१औं मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए।

जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ।

कात्तिक ४, २०८१ सोमबार १०:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।