दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं कति नम्बरमा ?

दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं कति नम्बरमा ?

काठमाडौं : सोमबार बिहान भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर स्तर ‘खतरानाक’ को श्रेणीमा रेकर्ड गरिएको छ।

दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ। यस वर्ष पनि जाडो शुरू भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ।

सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २५० भन्दा माथि थियो। जुन ‘खराब’को श्रेणीमा पर्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहार सहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३०० माथि थियो, जुन ‘खतरनाक’ श्रेणीमा पर्छ।

आनन्द विहारमा वायु गुणस्तर सूचकांक ३५० भन्दा माथि रेकर्ड गरिएको थियो।

योसँगै दिल्ली अहिले विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। आईक्यूएयर डटकमका अनुसार दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा युएईको दुबई शहर छ।

यो सूचीमा १४२ सूचकांकसहित नवौं स्थानमा छ। यो सूचकांक संवेदनशील समूहका लागि अस्वस्थकर श्रेणी हो।

कात्तिक ५, २०८१ सोमबार १०:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।