स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलन सुदूरपश्चिममा अनुबन्धित

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलनलाई टोलीमा अनुबन्ध गरेको छ।

टिमले सोमबार विहान एक पोस्ट राख्दै म्याकमलनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 

म्याकमुलेन आफ्नो विस्फोटक ब्याटिङ र तेज बलिङका लागि परिचित छन्। उनको आक्रामक खेल शैली र अलराउन्डरको रूपमा राम्रो प्रदर्शनका कारण उनलाई टोलीमा भित्र्याइएको रोयल्सले जनाएको छ।

उनको आगमनसँगै टिमले नयाँ उचाइ प्राप्त गरेको रोयल्सको विश्वास छ। सुदूरपश्चिमका मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन्।

कात्तिक ४, २०८१ सोमबार ०९:३९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।