अमेरिकाविरुद्धको टी२० सिरिज नेपालद्वारा क्लिन स्वीप

अमेरिकाविरुद्धको टी२० सिरिज नेपालद्वारा क्लिन स्वीप

काठमाडौं : अमेरिकाविरुद्धको तीन खेलको टी२० सिरिज नेपालले क्लिन स्वीप गरेको छ। नेपालले टी२० आई सिरिज क्लिन स्वीप गरेको यो पहिलो पटक हो।

केहीबेरअघि सम्पन्न तेस्रो तथा अन्तिम टी२० आईमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका लागि आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेल्दा अनिल शाहले १३ रन बनाएर आउट भए। त्यसबाहेक कुशल भुर्तेल र कुशल मल्लले नटआट रहँदै क्रमशः ४० र ४४ रन बनाए।

अमेरिकाका लागि जसदीप सिंह र जुनोय ड्राइसडेलले समान एक–एक विकेट लिए।

त्यसअघि अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रन बनाएको थियो।

उसका लागि अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे। अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए।

पहिलो टी२० आई १७ रनले पराजित गरेकोमा दोस्रो टी२० आई सुपरओभरसम्म पुगेको थियो। सुपर ओभरमा नेपालले १० विकेटले जित हात पारेको थियो।

कात्तिक ५, २०८१ सोमबार ०९:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।