हिजबुल्लाहलाई सहयोग गर्ने बैंकहरूमा इजरायलको आक्रमण

हिजबुल्लाहलाई सहयोग गर्ने बैंकहरूमा इजरायलको आक्रमण

एजेन्सी : इजरायलले बेरुतका धेरै ठाउँमा बमबारी गरेको छ। यसपटक इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थाहरूलाई निशाना बनाएको छ।

यो आक्रमण हुनुअघि पनि इजरायलले २४ क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले आफ्नो लक्ष्य हिजबुल्लाहलाई सहयोग गर्ने बैंकहरू हुने जानकारी दिएको थियो।

इजरायलले बेरुतको दक्षिणी भागमा रहेको दाहेह शहरमा आठ वटा हवाई आक्रमण गरेको छ। यो क्षेत्र हिजबुल्लाहको नियन्त्रणमा रहेको बताइएको छ।

लेबनानको सरकारी मिडियाले पनि आक्रमण देशको पूर्वी भागमा भएको बताएको छ।

अर्कोतर्फ हिजबुल्लाहले आइतबार इजरायली सैन्य अड्डाहरूलाई लक्षित गरी धेरै रकेट प्रहार गरेको जनाएको छ।

कात्तिक ४, २०८१ सोमबार ०९:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।