तेस्रो टी-२० आईमा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य. सोमपालले लिए तीन विकेट

तेस्रो टी-२० आईमा अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य. सोमपालले लिए तीन विकेट

काठमाडौं : नेपालविरुद्धको तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ।

डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे। अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

यसअघि भएका दुई खेल विजयी भएको नेपालले सिरिज २-० ले जितिसकेको छ।

कात्तिक ५, २०८१ सोमबार ०७:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।