न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी-२० विश्पकपको उपाधि

न्युजिल्यान्डले पहिलो पटक जित्यो महिला टी-२० विश्पकपको उपाधि

काठमाडौं : न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ।

फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

यसपटक न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनल पुगेको हो। यसअघि सन् २०१० मा न्युजिल्यान्ड फाइनल पुगेको थियो।

यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक-एक पटक जितेका थिए।

कात्तिक ४, २०८१ सोमबार ०७:१२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।